चिनियाँ सहर लान्झोउमा फेरि पनि लकडाउन – Kanika Khabar
Thursday, April 25Nepali News Portal

चिनियाँ सहर लान्झोउमा फेरि पनि लकडाउन

    मा प्रकाशित

एजेन्सी ।
चीनको लान्झोउम सहरमाफेरिलकडाउन गरिएको छ । लगभग ४० लाख जनसंख्या बस्ने गाङ्सू प्रान्तको राजधानी लान्झोउमा आजदेखि लकडाउन गरिएको चीनिया सञ्चार माध्यमले जनाएका छन् ।

लकडाउन गरिएको क्षेत्रमा स्थानीयलाई आपतकालीन अवस्थामा बाहेक घर बाहिर ननिस्किन भनिएको छ । चीनमा हिजो मात्रै २९ जना कोरोनाका नयाँ सङ्क्रमित फेला परेका थिए । जसमध्ये लान्झोउका मात्रै ६ जना थिए ।

घरेलु सङ्क्रमणको दर बढ्न थालेपछि लान्झोउमा लकडाउन गरिएको हो । चीनमा कोरोनाको ताजा सङ्क्रमणलाई डेल्टा भेरियन्टसँग जोडेर हेरिएको छ । कोरोनाको सङ्क्रमण चीनबाट नै सुरु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्