कोरोना अपडेट दाङ : दुई जना सङ्क्रमित उपचाररत , ३४ जना सक्रिय सङ्क्रमित – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट दाङ : दुई जना सङ्क्रमित उपचाररत , ३४ जना सक्रिय सङ्क्रमित

    मा प्रकाशित

१० कार्तिक, दाङ ।
पछिल्लो अवस्थामा दाङमा कोरोना सङ्क्रमितका बिरामी घट्दै जान थालेका छन् । अहिले जिल्लामा दुई जना मात्र कोरोनाका बिरामी अस्पतालमा उपचाररत छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीको आईसोलेशनमा अक्सिजन सहितका २ जना बिरामी मात्रै रहेका छन् ।

गरेको कोरोना बिषेश अस्पताल तुलसीपुरमा बिरामीको संंख्या शुन्यमा झरेको हो । राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरको कोरोना ईकाईमा अहिले बिरामी नभएको फोकल पर्सन दोर्ण वलीले जानकारी दिएका छन् ।

यसैबिच प्रमुख जिल्ला अधिकारी रामबहादुर कुुरुम्वाङले प्रादेशिक अस्पताल तुुलसीपुरमा रहेको कोरोना वार्डको निरीक्षण गरेका छन् । निरीक्षणको क्रममा उनले कोरोना संक्रमण घट्दै गए पनि सतर्क र तयारी अबस्थामा रहन अस्पताल व्यवस्थापनलाई निर्देशन दिउका छन्।

दाङमा पछिल्लो २४ घण्टामा कोरोनाका ४ जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २० जनामा गरिएको पिसिआर परिक्षणमा लमहीका २ जना, गढवा र बबईका एक एक जनामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

आज घोराही र गढवाका एक एक जना महिला कोरोना मुक्त भएका छन् । अहिले दाङमा कोरोनाका सक्रियय बिरामी ३४ जना रहेको छ । उनीहरु मध्य ३२ जना घरमा र २ जना प्रतिष्ठानमा अक्सिजन सहितको उपचारमा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्