दाङमा बलात्कार गरेको आरोपमा १ जना पक्राउ – Kanika Khabar
Thursday, December 8Nepali News Portal

दाङमा बलात्कार गरेको आरोपमा १ जना पक्राउ

    मा प्रकाशित

दाङ ११ कार्तिक । दाङको तुलसीपुरमा बलात्कार गरेको आरोपमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यानको त्रिवेणी गाउँपालिका–६ लुहाम निबासी २२ प्रमोद श्रेष्ठ रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
गएको असोज ३१ गते तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँको जंगलमा बलात्कार गरेको आरोपमा श्रेष्ठलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो । श्रेष्ठले १९ बर्षकी एक युवतीलाई ललाई फकाई अटोमा लगेर बलात्कार गरेको आरोप छ । युवकलाई लुहाम प्रहरीले पक्राउ गरेर तुलसीपुर पठाएको हो ।
बलात्कार प्रयासको आरोपमा राघव पक्राउ
त्यसैगरी बलात्कार प्रयासको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१ भमके निबासी राघभ गुरुङलाई रहेका छन् । असोज ३ गते एक महिलालाई बलात्कार प्रयास गरेको उनिमाथि आरोप लागेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्