महाेत्तरीमा नक्कली नाेटसहित एकजना पक्राउ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

महाेत्तरीमा नक्कली नाेटसहित एकजना पक्राउ

    मा प्रकाशित

कार्तिक ११, काठमाडौँ ।       महोत्तरीको गौशालामा नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । गौशाला नगरपालिका–९ डुमरवानाका ४४ वर्षीय सुकन महतोलाई प्रहरीले आज बिहीबार बिहान नक्कली नोटसहित पक्राउ गरेको हो । यसअघि असोजमा पनि गौशाला नजिककै औरहीबजारबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेका महतोको गौशाला बजारस्थित डेराबाट आठ लाख ९७ हजार ४३५ नेपाली र दुई लाख ८० हजार ९२९ रुपैयाँ भारतीय नोट प्रहरीले बरामद गरेको छ । बजारमा तरकारी खरिद गर्ने क्रममा किसानलाई नक्कली नोट दिएको आशंकामा प्रहरीले महतोलाई नियन्त्रणमा लिई डेरा खानतलासी गर्दा सो रकम फेला परेको गौशालास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

बरामद नोटमध्ये कति सक्कली र कति नक्कली हुन् भन्ने विज्ञबाट ठहर गराइने प्रहरी निरीक्षक विष्णुप्रदीप वस्यालले जानकारी दिनुभयो । पक्राउ परेका महतोलाई बरामद नोटसहित जिल्ला प्रहरी कार्यालय, महोत्तरी पठाइएको छ । महतो भारत र नेपाल दुवैतिरका तरकारी व्यापारी रहेको प्रशरीले जनाएको छ । गौशाला र औरही बजार भारतीय बजारसँग जोडिएका छन् । बरामद नोटमध्ये कतिवटा सक्कली र कतिवटा नक्कली भन्ने यकिन गर्न बाँकी रहेपनि गत असोजमा भने हजार दरका २२ वटा नक्कली नोट रहेको पुष्टि भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्