सर्वोच्च अदालतमा आज ‘शून्य सुनुवाइ’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्वोच्च अदालतमा आज ‘शून्य सुनुवाइ’

    मा प्रकाशित

कार्तिक ११, दाङ ।
सर्वोच्च अदालतमा आज सबै मुद्दामाथिको सुनुवाइ रोकिएको छ। तोकिएका कुनै पनि इजलास बस्न नसक्दा आज ‘शून्य सुनुवाइ’को दिन बनेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आजका लागि आफ्नो एकल इजलाससहित आठ इजलास तोक्नुभएको थियो। आजका लागि एक सय ६७ थान मुद्दाको पेसी तोकिएको थियो।जबराले २८ मुद्दाको सुनुवाइ आफ्नो इजलासमा तोक्नुभएको थियो ।

प्रधानन्यायाधीशले आफ्नै इजलास तोकेसँगै सर्वोच्चमा शून्य सुनुवाइको अवस्था नरहने आँकलन गरिएको थियो। सर्वोच्चका अनुसार आज एक जना पूर्व न्यायाधीशको निधन भएका कारण कुनै पनि इजलास नबसेको हो । यसअघि सोमबार र मंगलबार न्यायाधीशहरू इजलासमा नबसेपछि सर्वोच्चमा कुनै पनि मुद्दामाथि सुनुवाइ भएको थिएन। हिजो भने प्रधानन्यायाधीश जबराको एकल इजलासले पाँच मुद्दामाथि सुनुवाइ गरेको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्