विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित – Kanika Khabar
Saturday, April 20Nepali News Portal

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित

    मा प्रकाशित

विश्वभर पछिल्लो २४ घण्टामा ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधिमा ३ लाख ५३ हजार ५४३ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ८१२ जना संक्रमितको मृत्यु भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७६ हजार ४३, रुसमा ४० हजार ९६, बेलायमा ३९ हजार ८४२, टर्कीमा २५ हजार ५२८, ब्राजिलमा १५ हजार २६८ र भारतमा १४ हजार ३२३ जना रहेका छन् ।

संक्रमणमुक्त हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका छ । जहाँ एकदिनमै ६७ हजार १०१ जना निको भएका छन् । त्यसपछि बेलायतमा २९ हजार ४५४, रुसमा २९ हजार ३१८, टर्कीमा २७ हजार ६५१, ब्राजिलमा १४ हजार २८ र भारतमा १३ हजार २२३ जना संक्रमणमुक्त भएका छन्।

यसैगरी मृत्यु हुनेको संख्या पनि अमेरिकामै धेरै छ । जहाँ एक हजार २०३ जना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी रुसमा एक हजार एक सय ५९, भारतमा ८०३, ब्राजिलमा ३९९, टर्कीमा २२९ र बेलायतमा १६५ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्