हाडबासबासीको पीडा : गाउँपालिकाभित्रै हेला, विकास देख्न नपाउँदा निराश – Kanika Khabar
Friday, April 19Nepali News Portal

हाडबासबासीको पीडा : गाउँपालिकाभित्रै हेला, विकास देख्न नपाउँदा निराश

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, १३ कार्तिक ।
जिल्लाका विकट गाउँमा जोड्ने महत्तवपूर्ण सडक नहुदा बाँके जिल्लासँग जोडिएको दाङको हाडबास गाउँ अहिले गतिविहीन बनेको छ । दाङ देउखुरी राजपुर गाउँपालिकाका विभिन्न विपन्न बस्तीहरू, जहाँ शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारलगायत अत्यावश्यक सेवा पहाडका दुर्गम जिल्लाको जस्तै दयनीय छ । राजपुर गाउँपालिका वडा नम्बर ७ का विभिन्न बस्ती दुर्गम छन् । ती बस्ती समेत सडक सञ्जालमा जोडिएका छैनन् । वर्षौदेखि गतिलो सडक नबन्दा स्थानीय सर्वसाधारण निराश छन् । विकासको काम अगाडि बढेको त छ, तर त्यसको गति कछुवाको भन्दा कम छ, राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबास निवासी कृष्ण चौधरीले भन्नुभयो,–। ‘स्थानीय तहमा निर्वाचित भएर आएका जनप्रतिनिधिले अहिलेसम्म दुर्गम गाउँलाई गतिलो सडक संजालसंग जोड्न सकेनन् । उनिहरूको लापरबाहीले सडक निर्माणले गतिपाउन त परै जाओस्, अहिलेसम्म आधारभुत सेवाबाट बञ्चित हुनुपरेको छ ।’ गाउँले मर्कामा परेका छन् । विकट बस्तीमा सरकारी बजेटले प्राथमिकता पाउन सकेन, चौधरीले भन्नुभयो,–। ‘आधारभुत आवश्यकता तत्काल समाधान गरिदिनुपर्यो । देशकै दुर्गम बस्तीका जनता जस्तो लाग्छ । अति आवश्यक सेवाबाटै वञ्चित छौँ ।’
गाउँपालिका भित्रै हेला
स्थानीय तहमा जनप्रतिनिधि आएको करिब चारवर्ष वितिसक्दा समेत गाउँपालिकाभित्रै स्थानीयले विकास देख्न पाएका छैनन् । आधारभूत विकासका काम नहुँदा स्थानीय दिक्क छन् ।गाउँका सडक साँघुरा छन् । सडकमा ६ महिना पानी जम्ने गरेकाले हिलो हुन्छ । घरको पानी सडकमा जम्ने गरेको छ । बस्तीबाट अहिलेसम्म जनप्रतिनिधि चयन नभएकाले विकासमा पछि परेको स्थानीय कलावति वलिले बताउनुभयो । वलिले गाउँमा बिजुली नियमित छैन । हावाहुरी चल्नासाथ बिजुली काटिन्छ । गाउँका कोही पनि सरकारी जागिरमा छैनन् । गाउँका अधिकांश युवा रोजगारीका लागि मुम्बई र दिल्लीमा छन् । दैनिक ज्याला मजदुरी र खेतीपातीबाट चुलो बल्ने गरेको छ, स्थानीय वलिले भन्नुभयो ।

जनताको समस्या बुझ्न घरदैलोमा सांसद मेटमणी

यता प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले जनताको समस्यालाई नजिकबाट हेरेको बताउँदै समस्याको समाधानका लागि पहल भइरहेको बताउनुभयो । विकासले पछाडि परेको दुर्गम बस्तीको समस्यालाई केन्द्रीय सरकारसमक्ष पु¥याएका छु । विकट बस्तीमा प्राकृतिक प्रकोपले समेत सताइरहेको छ, चौधरीले भन्नुभयो,–। ‘विकासले पछाडि परेको बस्तीको समस्या समाधानका लागि स्थानीय सरकारको बजेटबाट मात्रै अपुग भएकाले थप बजेटका लागि केन्द्रबाट माग गरिएको छ । नआत्तिनुस् मेरै कार्यकालमा विकास पु¥याउनेछु ।’ प्रतिनिधि सभा सदस्य मेटमणि चौधरी दाङ निर्वाचन क्षेत्र नं। १ अन्तरगतका विभिन्न दुर्गम बस्तीमा रहेका जनताको घरदैलोमा पुगेर स्थानीयहरूको समस्या बुझ्नुभएको छ ।

No description available.
बुधबार सदस्य चौधरी राजपुर गाउँपालिका वडा नम्बर ७ हाडबाव, मलतारा, खेताने, अ‍ैरनाखोला र गोठुवाका जनताको समस्या बुझ्न घरदैलोमा पुग्नु भएको हो । स्थानीयले लिफ्टबाट सिचाइँको सुविधा पु¥याइदिन माग गरेका छन् । त्यहाँका स्थानीय राप्ती नदिले वर्षेनी देखि कटान गर्दै आइरहेको खेतीयोग्य जग्गा जोगाउन व्यवस्थित तटबन्धको माग गरेका छन् । जनताको अवस्था बुझ्न जनताको घरदैलोमा पुगेको सदस्य मेटमणी चौधरीको भनाइ छ । हाडबास, गोठुवा, मलतरा, खेताने, अ‍ैरना खोला, गरेर करिब २ सय ५९ घरधुरी संख्या रहेको छ । त्यहाँका स्थानीयले सबैभन्दा गाउँको मुख्य समस्या भनेको पुल हो । गाउँमा पुलको अति आवश्यक छ । हाडबास अमिलिया जोड्ने पुल बनाउन उनिहरूले सांसद सामु माग राखेका हुन् ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्