कोप–२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा लन्डनमा – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कोप–२६ मा सहभागी हुन प्रधानमन्त्री देउवा लन्डनमा

    मा प्रकाशित

कार्तिक १३, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्डको ग्लास्गोमा हुने जलवायुसम्बन्धी सम्मेलन कोप–२६ मा सहभागी हुन लण्डन पुग्नुभएको छ । उहाँलाई लण्डनस्थित नेपाली दूतावासका कार्यबाहक राजदूत रोशन खनालसहितको टोलीले हिथ्रो बिमानस्थलमा स्वागत गरेको छ ।

देउवाले आज नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्ने कार्यक्रममासम्बोधन गर्ने कार्यक्रम छ ।

उहाँ २० सदस्यीय प्रतिनिधिमण्डलसहित कोप २६ मा सहभागी हुन हिजो त्यसतर्फ जानुभएको हो । पर्सि सोमबार र मंगलबार हुने सम्मेलनको वल्र्ड लिडर समिटमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा नेतृत्वको टोली बुधबार स्वदेश फर्किने कार्यतालिका छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्