कोटेश्वरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोटेश्वरमा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु

    मा प्रकाशित

कार्तिक १३, काठमाडौँ ।
काठमाडौं कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहान ३ बजेतिर कोटेश्वरबाट बालकुमारी तर्फ गइरहेको मोटरसाइकल दुर्घटना हुँदा अन्दाजी ३० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टर महाङ्कालमा मृत्यु भएको हो । बा ८९ प ३२९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्