अर्लि ईलेक्सन’ हुने सम्भावना छैन : प्रचण्ड – Kanika Khabar
Friday, April 19Nepali News Portal

अर्लि ईलेक्सन’ हुने सम्भावना छैन : प्रचण्ड

    मा प्रकाशित

जनकपुर , कात्तिक १३ । 
नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘अर्लि ईलेक्सन’ हुने सम्भावना नरहेको बताएका छन् । जनकपुर बिमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै दाहालले अर्लि ईलेक्सनका बारेमा सोच्नै नहुने समेत बताए । संबैधानिक ब्यवस्था र सर्बोच्चको फैसलाका कारण अर्लि ईलेक्सन गर्न नमिल्ने भन्दै दाहालले भने ‘अर्लि ईलेक्सन हुने कुरै हुँदैन,संबैधानिक ब्यवस्था र सर्बोच्चको फैसलाले पनि यसलाई मान्दैन ।’
साथै उनले आगामी निर्वानमा अहिलेको दलीय गठबन्धन कायम रहने समेत बताए । गठबन्धनमा यो बिषयमा कुराकानी भएको र निर्वाचन सम्मै गठबन्धनलाई कायम राख्ने निष्कर्ष रहेको उनको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्