सहमति कार्यान्वयनमा सरकारकाे बेवास्ता : विप्लव – Kanika Khabar
Saturday, December 10Nepali News Portal

सहमति कार्यान्वयनमा सरकारकाे बेवास्ता : विप्लव

    मा प्रकाशित
सरकारले तीन बुँदे भाँड्न खोजेको छ : बिप्लव  

दाङ,कात्तिक १३ । 
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द ‘बिप्लव’ ले आँफुसँग भएको तीन बुँदे सहमती सरकारले भाँड्न खोजेको बताएका छन् । सरकारले सहमती भाँड्न खोजेर मुलुकमा अशान्ती निम्त्याउन चाहेको भन्दै तत्काल सहमती कार्यान्वयनका लागि चेतावनी समेत दिए । तीन बुँदे भाँडेर नेकपालाई घेराबन्दी गर्न खोजिएको भन्दै उनले सरकारको यो घेरा सहजै तोड्ने चेतावनी दिए । ‘हामीसंग सरकार आँफैले गरेको सहमती उसले कार्यान्वयन गर्न चाहन्न,’ नेकपाको राष्ट्रिय युवा संगठनको राष्ट्रिय सम्मेलनलाई शनिबार घोराहीमा सम्बोधन गर्दै चन्दले भने ‘सरकारले नेपालमा अशान्ति निम्त्याउन खोजेको छ ।’

तीन बुँदे कार्यान्वयनका लागि आँफूले आग्रह गर्दा हामीहरु संग हतियार रहेको भनेर सरकारले आशंका गरिरहेको उनको भनाई छ । तर तीन बुँदे सहमती पछि मात्रै हतियार भए नभएको कुरा खोल्ने चन्दको भनाई छ । ‘सुरुमा त तीन बुँदे सहमती भएको हो नि,पहिला त्यो तीन बुँदे कार्यान्वयन गरौँ,अनि हतियार भए नभएको भनौँला नि,’ उनले भने ‘फेरी प्रचण्डले सबै हतियार बुझाईसकेका हुन् नि, हामीसंग कहााबाट हतियार आउने ? छैन भन्दा पनि बिश्वास मान्दैनन् ।’

एक अर्कोप्रसंगमा पार्टी एकताका लागि गुहार मागिरहेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई संसदीय प्रणाली खारेजको नीति बोकेर आउन सुझाव दिए । ‘उहाँले भेट्यो कि पार्टी एकता गरौँ भन्नु हुन्छ,मैले पनि ल ठिक छ भनेर सर्त राखेको छु’ उनले भने ‘संसदीय ब्यवस्था छोडेर आउनुस् अहिले भर्खरै एकता गरौँ भनेको छु ।’ चुनाव हार्ने डर र पार्टी ठूलो बनाउने मात्रै नियतका साथ पार्टी एकिकरणका लागि प्रस्ताव गरिएको भए माओबादीसंग कुनै पनि हालतमा पार्टी एकता नहुने उनको भनाई छ । ‘उहाँलाई चुनाव हार्ने डर छ अनि चुनाव जीत्नका लागि भन्नु भएको हुन सक्छ, अनि पार्टी ठूलो बनाउनका लागिभ न्नु भएको होला,’ उनले भने ‘उहाँलाई चुनाव जिताईदिन र फेरी उहाँलाई ठूलो बनाउन हामी एकता गर्दैनौँ, एकताका लागि जनतालाई ठूलो बनाउने अभियानमा उहाँ जोडिनु पर्यो ।’

उनले संसदीय ब्यवस्थाका बिषयमा जनमत संग्रहका लागि माग गरिरहेको भन्दै यसो भएमा आँफुहरु पनि चुनावमा सामेल हुने उनको भनाई छ । ‘संसद, मन्त्रीका लागि हामी चुनाव लड्दैनौँ,हामीले त त्यो देखेरै अघाईसक्यौँ, अनि त्यस्तो चुनाव हामी कसरी लड्छौँ ?’ उनले भने ‘संसदीय ब्यवस्थाका बिषयमा जनमत संग्रह हुन्छ भने हामी चुनाव लड्छौँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्