माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोना विरुद्धको खोप आज नेपाल आइपुग्ने

    मा प्रकाशित

कार्तिक १४, दाङ ।
माल्दिभ्स सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्ने भएको छ । आज दिउँसो २ लाख एक हजार ६ सय डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कतार एयरको नियमित उडानमार्फत दिउसो १ बजे उक्त खोप नेपाल आइपुग्ने छ। यो खोप केही जिल्लामा पठाउने सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्