रुसमा कोरोना महामारीको जोखिम फेरि बढेपछि थप कडाइ गरिँदै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

रुसमा कोरोना महामारीको जोखिम फेरि बढेपछि थप कडाइ गरिँदै

    मा प्रकाशित

रुसमा कोरोनाका कारण मृत्यु हुनेदर बढ्दै गएपछि थप कडाई गरिने भएको छ । पछिल्लो एक सातादेखि रुसमा दैनिक १ हजारभन्दा बढीको दरले कोरोना सङ्क्रमणका कारण मृत्यु हुन थालेको छ । जसका कारण रुस सरकारले राजधानी मस्कोसहित देशका विभिन्न क्षेत्रमा कडाई गर्ने भएको हो । रुसमा गत २४ घन्टामा मात्रै १ हजार १ सय ६० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

योसँगै रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३७ हजार ३ सय ८० जनाको मृत्यु भइसकेको छ । यस्तै रुसमा कोरोनाका कारण सङ्क्रमित हुनेदरपनि बढ्दै गएको छ । गत २४ घन्टामा मात्रै ४० हजार २ सय ५१ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै रुसमा कोरोनाका कारण हालसम्म ८ लाख ४७ हजारभन्दा बढी सङ्क्रमित भइसकेका छन् ।

 

कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने पहिलो मुलुक रुस भएपछि पछिल्लो समय बढ्दो कोरोना महामारीका कारण राजधानी मस्कोमा लकडाउनको घोषणा गरिएको छ भने अन्य सहरहरूमा पनि प्रतिबन्ध जारी गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । मानिसहरूलाई अनावश्यक हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्