प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै – Kanika Khabar
Wednesday, December 7Nepali News Portal

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

    मा प्रकाशित

कार्तिक १५, दाङ ।
प्रदेश १ को मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत लिने हुनु भएको छ । प्रदेश सभाको आज बस्ने बैठकमा उहाँले विश्वासको मत लिनुहुने भएको हो । यसअघि कात्तिक ७ गतेका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले निवेदन दिएकाले आजका लागि सारिएको थियो ।

यसअघिकै बैठकमा उहाँको विश्वासको मतसम्बन्धी प्रस्ताव टेबल भइसकेको छ। प्रदेश सभा सचिवालयले आजको बैठकको कार्यसूचीमा उक्त प्रस्तावमाथि छलफल र मत विभाजनको कार्यसूची तय गरेको छ।संविधानको धारा ११८ को उपधारा २ बमोजिम आफूमाथि प्रदेश सभामा विश्वास छ भनी उहाँले प्रस्ताव पेस गर्नुभएको हो ।

सरकारको नेतृत्त्वकर्ता एमाले विभाजन भएपछि आचार्य अल्पमतमा हुनुहुन्छ । एमालेका १० जना प्रदेश सभा सदस्यले एकीकृत समाजवादी रोजेका छन्।कुल ९३ सदस्य रहेको प्रदेश सभामा मुख्यमन्त्रीको पक्षमा ४१ जना सांसद मात्रै छन् ।

गठबन्धनमा काँग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १० र जसपा ३ जना गरी गठबन्धनमा ४९ जना सांसद छन्।सत्तारूढ गठबन्धनले यसअघि नै प्रदेश १ मा मुख्यमन्त्री परिवर्तन गर्ने भनेका छन्। हिजो बसेको गठबन्धन दलको बैठकले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्