राष्ट्रपति भण्डारी आज मनाङ जाँदै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राष्ट्रपति भण्डारी आज मनाङ जाँदै

    मा प्रकाशित

कार्तिक १५, दाङ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आज स्याउ फार्म अवलोकन गर्न मनाङ जान लाग्नुभएको छ । राष्ट्रपति भण्डारी भार्ताङ मनाङ डिस्याङ गाउँपालिका वडा नम्बर १ स्थित एग्रो मनाङ स्याउ फार्म अवलोकन गर्न जान लाग्नुभएको हो ।

एग्रो मनाङ स्याउ फार्म सांसद पाल्देन छोपाङ गुरुङको हो । यसलाई नेपालकै ठूलो स्याउ फार्म भनिन्छ । राष्ट्रपति भण्डारी स्याउ फार्म अवलोकन गरेर फर्किने कार्यक्रम रहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यसैगरी बाढी पहिरोले पु¥याएको क्षतिबारे जानकारी लिने र प्रभावित क्षेत्रको हवाई निरीक्षण पनि गर्ने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्