आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज इंग्ल्याण्ड र श्रीलङ्का खेल्दै – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा आज इंग्ल्याण्ड र श्रीलङ्का खेल्दै

    मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ । आज हुने एक मात्रै खेलमा इंग्ल्याण्ड र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । दुबईस्थित सारजहाँ क्रिकेट रङ्गशालामा हुने आजको खेल साँझ ७ : ४५ मा सुरु हुनेछ ।

 

यसअघि हिजो भएको खेलमा अफगानिस्तानले नामिबियालाई ६२ रनले पराजित गरेको छ भने न्यूजिल्याण्डले भारतलाई ८ विकेटले हराएको छ । सुपर १२ को समूह २ अन्तर्गत अबुधावीमा भएको हिजोको पहिलो खेलमा १ सय ६१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ९८ रन बनाउन सक्यो । जितसँगै अफगानिस्तानले तीन खेलमा दुई जित हात पारेको छ ।

 

यस अघि टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गमाएर १ सय ६० रन जोडेको थियो । यस्तै हिजै भएको दोस्रो खेलमा न्युजिल्याण्डले पहिलो जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको भारतले १ सय १० रन बनायो । १ सय ११ रनको लक्ष्य लिएर मैदान उत्रेको न्युजिल्याण्डले १४ ओभर ३ बलमा मात्र २ विकेट गुमाएर पूरा ग¥यो ।

 

जितसँगै समूह २ को न्युजिल्याण्डले २ खेलमा २ अङ्क जोडेको छ ।न्युजिल्याण्ड समूहको तेस्रो स्थानमा रहेको छ ।भारतको यो लगातार दोस्रो हार हो । अङ्कबिहीन रहँदै भारत समूहको पाँचौं स्थानमा रहेको छ ।पहिलो खेलमा भारत पनि पाकिस्तानसँग पराजित भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्