प्रदेश १ : मुख्यमन्त्री आचार्यले दिए राजीनामा, तिहार अघि राई मुख्यमन्त्री बन्दै – Kanika Khabar
Friday, April 19Nepali News Portal

प्रदेश १ : मुख्यमन्त्री आचार्यले दिए राजीनामा, तिहार अघि राई मुख्यमन्त्री बन्दै

    मा प्रकाशित

कार्तिक १५, दाङ ।
प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यले राजीनामा दिएका छन् । उनले आज राजीनामा घोषणा गरेका हुन् । आज उनले संसदमा बिश्वासको मत लिने कार्यसुची थियो । तर आँफू अल्पमतमा पर्ने निश्चित भएपछि उनले राजीनामा दिएका हुन् । उनको राजीनामा पछि अब नयाँ सरकार गठनको प्रकृया सुरु हुने छ ।

प्रदेश १ मा तिहारअघि नै राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् ।

सोमबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले राजीनामाको घोषणा गरेसँगै अब राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका हुन् । आचार्य नेकपा एमालेका हुन् भने राई नेकपा (एकीकृत समाजवादी)का हुन् । एमाले विभाजन भएसँगै आचार्य अल्पमतमा परेका थिए । अल्पमतमा परेपछि विश्वासको मत लिन आचार्यले प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्