कोरोना अपडेट दाङ : थप १ जनामा कोरोना पुष्टि, ७ जना कोरोना मुक्त – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट दाङ : थप १ जनामा कोरोना पुष्टि, ७ जना कोरोना मुक्त

    मा प्रकाशित

कार्तिक १५, दाङ ।
पछिल्लो २४ घण्टामा दाङमा कोरोनाका थप एक जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनामा गरिएको पिसिआर परिक्षणमा राप्तीका जना महिलामा कोरोना संक्रमण पुुष्टि भएको हो ।

यसैविच आज दाङका ७ जना संक्तमण मुक्त भएका छन् । संक्रमण मुक्त हुुनेमा घोराहीका ५ जना र तुलसीपुर दुई जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ ।

अहिले दाङमा कोरोनाका सक्रिय बिरामी ३७ जना रहेको छ । उनिहरु मध्य ३४ जना घरमा र ३ जना राप्ती प्रादेशिक अस्पताल तुुलसीपुरमा आईसियूमा उपचारत रहेको केन्द्रले जनाएको छ । आज थपिएका एक जना सहित बैशाखयता दाङमा संक्रमितको संख्या ९ हजार २ सय १६ पुुगेको केन्द्रले जनाएको । त्यसमध्य ८ हजार ९ सय ६९ जना निको भएर घर फर्किएका छन भने २ सय १७ जनाको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्