टरिगाउ र सक्सेस हिरा डाँगी स्मृति कपको फाईनलमा भिड्ने – Kanika Khabar
Saturday, April 20Nepali News Portal

टरिगाउ र सक्सेस हिरा डाँगी स्मृति कपको फाईनलमा भिड्ने

    मा प्रकाशित

लक्ष्मण बस्नेत
१५ कार्तिक तुलसीपुर दाङ ।
टरिगाउ युवा क्लब तुलसिपुर १२ र सक्सेस फुटबल क्लब तुलसिपुर ९ दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को उपाधिका लागि भिड्ने भएका छन् ।
हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको फाइनल खेल मंगलबार दिउँसो दुई बजे हुनेछ !सक्सेस फुटबल क्लबले आईतवार सम्पन्न सेमिफाइनल खेलमा युएनबिसी घोराही लाई सुन्यका विरुद्ध दुई गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । त्यस्तै आज सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा साहारा क्लब लखनउ लाई सुन्यका विरुद्ध चार गोलको फराकिलो अन्तर ले पराजित गर्दै टरिगाउले सक्सेस संगको फाईनल भिडन्त पक्का गरेको हो । उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको खेल मैदान तुलसिपुरमा भएको खेलको १२ औ मिनेटमा टरिगाउका जर्सी न ११ का खेलाडी चेतन कडायतले पहिलो गोल गरे । साहारा लाई सुरुवाती अवस्थामा दबाबमा राख्दै शानदार प्रदर्शन गरेको टरिगाउका तर्फबाट जर्सी न ९ का अर्जुन नेपाली ले ३७ औ मिनेटमा थप एक गोल गरे ।
खेलको सुरुवाती अबस्था देखिनै दबाबमा रहेको साहाराले आफ्ना थुप्रै गोल गर्न सक्ने अबसर गुमाउदा खेलको ७१ औ र ७९ औ मिनेटमा जर्सी न ११ का चेतन कडायतले थप दुई गोल गर्दै टिम लाई ४-० को जित दिलाउन सफल भए ! खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने चेतन कडायत पहिलो गोलकर्ता संगै म्यान अफ द म्याच भए ! उनले नगद ३५ सय र ट्रफी हात पारे ।
उपाधी होडमा रहेका दुबै टिममा सशक्त र शानदार प्रदर्शन गर्ने खेलाडिको वर्जश्व रहेकाले फाईनल खेल कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
प्रतियोगितामा उपाधी चुम्ने टिमले नगद १ लाख २५ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै उपविजेताले नगद ६० हजार, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ। त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका वेस्ट प्लेयर खेलाडी,बेस्ट किप्पर, बेस्ट डिफेन्स,बेस्ट मिड फिल्डर,हाई स्कोरर,बेस्ट कोच,बेस्ट मार्चपास लाई जनही ५ हजार तथा ट्रफी ले पुरस्कृत गरिनेछ ! त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडी लाई ट्रफिको ब्यबस्था गरिएको छ ।
कार्तिक १० गते बाट जारी प्रतियोगितामा १० टिमको सहभागिता रहेकोछ ।
यसैबिच आयोजकले मंगलबार हुने फाईनल खेल तथा प्रतियोगिताको समापन समारोहमा उपस्थितिका लागि खेलप्रेमी,खेलाडी, उधोगी, ब्यबसायी,पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्