नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि ६० जनाको आवेदन

    मा प्रकाशित

नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज मुख्य प्रशिक्षक पदका लागि ६० जनाको आवेदन परेको जनाएको हो ।

मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि क्यानले गत कात्तिक १ गते मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको थियो । क्यानले गठन गरेको छनोट समितिले आवेदन परेकाको केहि दिनमा अन्तर्वाता गर्ने बताएको छ ।

 

ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज पछि ह्वाटमोरले नेपाली टिम छाड्नु भएको हो । ६७ वर्षीय ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट नै मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । तर, उहाँले ८ महिना नबित्दै राजीनामा दिनुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्