राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त – Kanika Khabar
Thursday, April 25Nepali News Portal

राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त

    मा प्रकाशित

कार्तिक १६, काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका छन् ।

मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत पाउने अवस्था नरहेपछि हिजो सोमबार राजीनामा दिएका थिए । आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न मंगलबार दिउँसो १ बजेसम्म लागि दिएको समयमा उनको मात्रै दाबी परेपछि राईलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । सरकार गठनको आह्वान गरेलगत्तै राईले सोमबार अपराह्न ४९ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

उनलाई नेकपा एससँगै नेपाली काङ्ग्रेस, नेकपा ९माओवादी केन्द्र० र जनता समाजवादी पार्टीका सांसदको समर्थन छ । राईले आजै चार सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी पनि गरेका छन् । यसका लागि उनले तत्काललाई नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दुई दुई जना सदस्यलाई मन्त्री बनाउने तयारी गरेका छन् ।

मन्त्रीका लागि माओवादी केन्द्रबाट संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोसँगै, झलकसिंह दर्लामी, रामकुमार राई, धिरेन्द्र शर्मा, उमिता विश्वकर्मा, कुसुम श्रेष्ठको नाम चर्चामा छ ।

नेपाली कांग्रेसमा हिमाल कार्की, केदार कार्की, ओमप्रकाश सराबगी, प्रकाशप्रताप हाङ्गाम, विन्दिया कार्कीलगायतले मन्त्रीका लागि लविङ गरिरहेको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्