हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड – Kanika Khabar
Saturday, April 20Nepali News Portal

हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले बुझ्नुपर्नेमा प्रधानमन्त्री देउवाको जोड

    मा प्रकाशित

कार्तिक १६, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका कारणले नेपालको हिमाली क्षेत्र दिन प्रतिदिन प्रभावित हुँदै गैरहेको बताउनु भएको छ । यसको संवेदनशिलताप्रति नेपाल मात्र नभइ सिङ्गो विश्व चिन्तित हुनुपर्ने उहाँको भनाइ छ ।

संयुतm अधिराज्य (बेलायत) को ग्लास्गोमा गएराति आयोजित जलवायू परिवर्तनसम्बन्धी विश्वसम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले हिमाली क्षेत्रको संवेदनशीलतालाई विश्व जगतले नजिकबाट नियाल्नु पर्ने बताउनु भएको हो । विश्व जलवायु परिवर्तनसम्बन्धी पेरिस संझौता कार्यान्वयनका लागि नेपाल प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले विकसित मुलुक पनि सम्झौता कार्यान्वयनका लागि उत्तिकै जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो । पेरिस सम्झौताले निर्दिष्ट गरेको मार्गचित्रअनुसार नेपालले आफ्ना प्रतिबद्धताहरु पुरा गरेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले नेपालले सन २०४५ भित्र शून्य उत्सर्जनमा पुग्ने लक्ष्य राखेको समेत बताउनुभयो । देउवाले कुल उर्जा मागको १५ प्रतिशत स्वच्छ उर्जाबाट पूर्ति गर्न सुनिश्चित गरिने तथा नेपालको वन क्षेत्र ४५ प्रतिशत कायम गर्ने सो क्रममा बताउनुभयो । नेपालले नवीकरणीय उर्जाको क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै शून्य उत्र्सजनको दिशातर्फ अगाडि बढन स्वच्छ उर्जा विकासको अभियानलाई प्रााथमिकतामा राखेर काम गरिरहेको उहाँले बताउनुभयो । सम्मेलनमा १ सय १७ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको छ । उनीहरूले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादव लगायत उच्च सरकारी अधिकारीहरुको सहभागिता रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्