यसकारण प्रधानन्याधीशले राजीनामा दिनुपर्छ : पूर्वउपाध्यक्ष भट्टराई – Kanika Khabar
Saturday, April 20Nepali News Portal

यसकारण प्रधानन्याधीशले राजीनामा दिनुपर्छ : पूर्वउपाध्यक्ष भट्टराई

    मा प्रकाशित

काठमाडौँ, १७ कार्तिक ।
नेपाल बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागिनुको १२ कारण सार्वजनिक गरेका छन् ।

आज नेपाल बारले गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सडकले माग्दैमा प्रधानन्यायाधीशले राजीनामा दिन्न भन्नु राजनीतिक अभिव्यक्ति भएको बताएका छन्
। चुनाव जितेर आउने हुनाले राजनीतिज्ञले राजीनामा दिन्न भन्नु स्वभाविक भएको तर प्रधानन्यायाधीश त नैतिक र जनआस्थामा टिकेको पद भएकोले यस्तो भन्न नमिल्ने बताए ।

भट्टराईका अनुसार यी हुन् प्रधानन्यायाधीशको राजीनामा मागिनुको १२ कारण
१. न्यायमा अवरोध सिर्जना ।
२. स्वेच्छिक पेसी तोक्ने । पारदर्शी पेसी तोक्न असफल ।
३. न्यायिक विचलनलाई प्रोत्साहन ।
४. सहकर्मीको सम्पूर्ण विश्वास गुमाए ।
५. न्याय प्रशासन र न्यायसम्पादन स्वच्छ ढंगले चलाउन सक्नुभएन।
६. बिचौलियाको दबाब प्रभाव हटाउन सक्नु भएन ।
७. राजनीतिज्ञले जस्तो पावर पोलिटिक्स गर्नुभयो ।
८. नियुक्ति र सरूवाको आधारविना मनलाग्दी
९. भ्रष्टाचार र बेथिति मौलायो ।
१०. विचाराधीन मुद्दामा डिफेन्स गर्नुभयो, अन्तर्वार्ता दिएर ।
११. स्वार्थ बाझिएका मुद्दा आफै हेर्नुभयो ।
१२. आफन्त र नातागोता र निकटलाई चलखेल गर्दा निरूत्साहित गर्नुसट्टा प्रोत्साहित गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्