दाङ कोरोना अपडेट : थप ३ जनामा कोरोना पुष्टि, ५ जना सङ्क्रमण मुक्त – Kanika Khabar
Saturday, December 10Nepali News Portal

दाङ कोरोना अपडेट : थप ३ जनामा कोरोना पुष्टि, ५ जना सङ्क्रमण मुक्त

    मा प्रकाशित

१७ कार्तिक,दाङ ।
दाङमा आज कोरोनाका तीन जना संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १२ जनामा गरिएको पिसिआर परिक्षणमा घोराहीका दुई पुुरुष र तुलसीपुरका एक महिलामा संक्रमण पुष्टि भएको हो ।

यसैविच आज दाङका पाँच जना कोरोना संक्तमण मुक्त भएका छन् । संक्रमण मुक्त हुुनेमा घोराहीका चार जना र लमहीका एक जना रहेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रले दाङले जनाएको छ ।

अहिले दाङमा कोरोनाका सकृय बिरामीको संख्या २९ मा झरेको छ । उनिहरु मध्य २६ जना घरमा र ३ जना आईसियू सहितको उपचारमा रहेको केन्द्रले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्