सत्तारुढ गठबन्धन आगामी चुनाबसम्म कायमै रहने : प्रधानमन्त्री देउवा – Kanika Khabar
Saturday, December 10Nepali News Portal

सत्तारुढ गठबन्धन आगामी चुनाबसम्म कायमै रहने : प्रधानमन्त्री देउवा

    मा प्रकाशित

कार्तिक १८, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन आगामी चुनाब सम्म कायमै रहने बताउनुभएको छ । आज बेलायतबाट फर्कने क्रममा त्रिभूवन बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनमा कुनै पनि समस्या नभएकाले पूरै समय रहने बताउनुभयो ।

गठबन्धन टुट्छ कि भनेर कुनै शंका नगर्न पनि प्रधानमन्त्रीले आग्रह गर्नुभयो । यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनसँग राम्रो कुराकानी भएको बताउनुभयो । यस्तै प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि फलदायी कुराकानी भएको बताउँदै मोदीले चाँडै नेपाल भ्रमण गर्ने बताउनुभयो । यस्तै प्रधानमन्त्री देउवाले एमसीसी संसदबाट प्रक्रिया पूरा गरेर पास हुने पनि बताउनुभयो ।

दलहरुका बीचमा सहमति गरेर संसदबाट एमसीसी पारित गर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री देउवा यही कात्तिक १५ र १६ गते बेलायतको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औँ सम्मेलन कोप–२६ मा भाग लिई आज स्वदेश फर्किएका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्