राजनीतिक दलसँग वार्ता गर्न नेकपा एसमा तीन सदस्यीय वार्ता टोली गठन – Kanika Khabar
Friday, March 29Nepali News Portal

राजनीतिक दलसँग वार्ता गर्न नेकपा एसमा तीन सदस्यीय वार्ता टोली गठन

    मा प्रकाशित

कार्तिक १८, दाङ ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले पार्टीले विभागका प्रमुख उपप्रमुख को जिम्मेवारी दिने सहितका विभिन्न निर्णय गरेको छ । पार्टीले राजनीतिक समूह र व्यक्तिसँग वार्ता गर्न ३ सदस्यीय वार्ता टोली गठन समेत गरेको छ ।

हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले महासचिव बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव गंगालाल तुलाधर र विजयकुमार पौडेल सदस्य रहेको वार्ता टोली गठन गरेको हो ।वार्ता टोलीले वार्तासम्बन्धी प्रस्ताव पेश गरी पार्टी सचिवालय समितिमा पेश गर्ने आज विज्ञप्ति निकालेर जानकारी दिइएको छ ।

यसैबीचनेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी नेता झलनाथ खनाललाई दिएको छ । हिजो बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले विभिन्न चार विभागका प्रमुख, उपप्रमुख र सदस्यहरु तोकेको छ ।

जसअनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन् ।एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ ।

उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् । शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा. गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्