अर्लि इलेक्सन सम्भव छैन : अध्यक्ष नेपाल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

अर्लि इलेक्सन सम्भव छैन : अध्यक्ष नेपाल

    मा प्रकाशित

कार्तिक १८, दाङ ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संघीय संसदको निर्वाचन संविधानले तोकेकै समयमा हुने तर समय भन्दा अगाबै हुने सम्भावना नरहेको बताउनुभएको छ ।

आज एकीकृत समाजवादी मध्यपुर थिमि नगर कमिटीले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले कसैले चाहँदैमा संघीय संसदको निर्वाचन चाडैं नहुने बताउनुभयो । उहाँले संघीय संसदको निर्वाचन संविधानले तोकिएकै समयमा हुने बताउनुभयो ।

राष्ट्रियसभाको निर्वाचन र स्थानीय तहको निर्वाचन चैतमा हुने बताउँदै उहाँले निर्वाचन र केन्द्र तथा प्रदेशको उपनिर्वाचनमा पाँच दलको गठबन्धन हुने पनि बताउनुभयो ।

अहिले बनेको गठबन्धनलाई कसैले चाहदैमा भत्काउन नसकिने अध्यक्ष नेपालको भनाइ छ । छिटै चुनाब पनि नहुने तथा बनेको गठबन्धन कसैले भत्काउँदा पनि भत्किन नसकिने उहाँले बताउनुभयो ।

अध्यक्ष नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनु परेको धारणा राख्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्