नेपाल कोरोना अपडेट : देशभर २७२ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपाल कोरोना अपडेट : देशभर २७२ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा

    मा प्रकाशित

कार्तिक १८, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७२ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल २१५ कोरोना संक्रमितको आईसीयूमा र ५७ को भेन्टिलेटरमा गरी कुल २८२ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ३८ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

यसैगरी प्रदेश २ मा १ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा ११८ जना आईसीयूमा र ३२ जना भेन्टिलेटरमा उपचारत छन् ।

गण्डकी प्रदेशमा २५ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २६ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

 

कर्णाली प्रदेशमा ४ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ३ जना आईसीयूमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्