दाङमा तेस्रो गजल महफिल सम्पन्न – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

दाङमा तेस्रो गजल महफिल सम्पन्न

    मा प्रकाशित

No description available.कार्तिक १८, दाङ ।
गजल अभियान दाङको आयोजनामा दाङमा ‘तेस्रो दाङ गजल महफिल २०७८ ’ सम्पन्न भएको छ । पछिल्लो समयमा दाङमा गजल महफिल सञ्चालन गर्दै आएको अभियानले आज बिहीबार दाङको घोराहीहमा महफिल सम्पन्न गरेको हो ।

महफिलमा गजलकार दाङका खिमु के.सी., बर्दियाका अञ्जु स्मारिका, गोरखाका सन्तोष आम्गाई, बर्दियाका हिमाल ओली पृथक्, सल्यानका तारादेव शर्मा प्रदर्शन र रोल्पाका सपना डाँगीले गजल वाचन गरेका थिए ।

बाचित रचनाहरु तथा पछिल्लो चरणमा लेखिदै आएका गजलका प्रवृत्तिगत समीक्षात्मक टिप्पणी वरिष्ठ गजलकार टीकाराम उदासीले गरेका थिए ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ दाङका अध्यक्ष भुवन देवकोटालाई संस्थागत सम्मान गरिएको थियो । त्यस्तै कपिलमणि लामिछानेद्वारा स्थापित ठाकुरप्रसाद लामिछाने गजल लेखन पुरस्कारबाट गजलकार सुशील गौतमलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । प्रतीक सङ्ग्रामीद्वारा स्थापित पानसरी मनविर गजल संगीत पुरस्कारबाट वरिष्ठ गायक तथा संगीतकार शिशिर योगीलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।

साथै कार्यक्रममा गायक तथा संगीतकार सन्तोष श्रेष्ठले गजल गायन गरेका थिए भने गजल गायनमा भुवन गन्धर्वले तबला बाधन गरेका थिए ।

अभियानका संयोजक प्रवल विष्टको अध्यक्षता तथा वरिष्ठ तबला तथा ढोलक बाधक कुमारसिं महाराजको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । अभियानका उपाध्यक्ष आदिम के.सी.को स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सहजीकरण सचिव प्रकाश के.सी.ले गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्