जाजरकोटमा दुर्घटनामा परी दुई जनाको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

जाजरकोटमा दुर्घटनामा परी दुई जनाको मृत्यु

    मा प्रकाशित

कार्तिक १९, जाजरकोट ।
जाजरकोटमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा ५ ख २५०१ नम्बरको मिनी ट्रक गएराति जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटनामा परेको हो ।

 

दुर्घटनामा ठेगाना नखुलेका दिलबहादुर शाही र नाम नखुलेका एक अर्का जनाको मृत्यु भएको छ । १० जना सवार रहेकोमा एक जना बेपत्ता रहेको प्रहरीले जनाएको छ । आसिका खड्का, करिस्मा रावत, दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का घाइते भएका छन् । धनबहादुर चालक हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्