टी–ट्वान्टी विश्वकप अन्तर्गत आज दुई खेल हुने – Kanika Khabar
Thursday, December 8Nepali News Portal

टी–ट्वान्टी विश्वकप अन्तर्गत आज दुई खेल हुने

    मा प्रकाशित

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत आज दुई खेल हुने भएका छन् । आजको पहिलो खेल न्युिजल्याण्ड र नामिबीयाबीच हुनेछ भने दोस्रो खेलमा भारत र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । गएराति भएको खेलमा भने श्रीलंका विजयी भएको छ ।

सुपर १२ को समूह १ अन्तर्गतको खेलमा श्रीलंकाले वेष्ट इण्डिजलाई २० रनले पराजित गरेको हो । १ सय ९० रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ८ विकेट गुमाउदै १ सय ६९ रन जोड्न सक्यो । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ । हिजो नै भएको अर्काे खेलमा अस्ट्रेलिया विजयी भएको छ । अस्टे«लियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्