एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी लेखिएको छैन : प्रचण्ड – Kanika Khabar
Thursday, March 28Nepali News Portal

एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी लेखिएको छैन : प्रचण्ड

    मा प्रकाशित

कार्तिक १९, दाङ ।
एमसीसी संझौताको बिषयलाइ लिएर सत्ता पक्षका नेताहरुबीचमा कुरा बाझेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी पारित गर्ने भनेर अमेरिकालाई चिठी नलेखिएको स्पष्ट पार्नुभएको छ ।

एमसीसी पारित गर्ने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले बोलेको विषयले देशभरि तरंग आएको बताउँदै अध्यक्ष प्रचण्डले संशोधन नगरी एमसीसी पारित नहुने बताउनुभयो । देउसी खेल्न खुमलटारस्थित आफ्नो निवासमा पुगेको कृष्ण कँडेल नेतृत्वको इन्द्रेणी परिवारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले एमसीसी सम्झौता पहिले सही नै भए पनि बीचमा थपिएका प्रवाधानहरुले प्रश्न उब्जाएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले अमेरिकालाइ चिठी पठाएको भनेर बोलेको बिषयले देशमा तरंग उत्पन्न भएको तर वास्तममा अमेरिकालाइ चिठी पठाइनसकेको उहाँको भनाइ थियो । एमसीसी सम्झौता नसच्याई पारित नहुने बताउँदै प्रचण्डले देशमा सबै दलहरूसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई यसलाई पारित गर्न नसकिँने बताउनुभयो ।

अब पनि सबै राजनितिक दलहरुसँग छलफल गर्नुपर्ने उहाँको भनाइ छ । विदेशी सहायता स्वीकार गर्नु स्वभाविकै हुने भए तापनि एमसीसीमाथि प्रश्न उठेको प्रचण्डको भनाइ छ । अमेरिकाले, बेलायतले या दुनियाँको कुनै पनि विकसित देशले दिएको सहयोग नलिने भन्ने नहुने भन्दै उहाँले एमसीसीको बिषय पेचिलो भएको धारणा राख्नुभयो ।

सत्ता गठबन्धनका नेता प्रचण्डले एमसीसी यथास्थितिमा पारित नहुनेमा जोड दिँदै यसको समाधान पनि ओरिजिनल सहमतिसँग डराउनुनपर्ने धारणा राख्नुभयो । तर हिजो प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने बारेमा सत्ता पक्षिय गठबन्धनका बीचमा सहमति भइसकेको बताउनुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्