काँग्रेस महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

काँग्रेस महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन्छ : प्रधानमन्त्री देउवा

    मा प्रकाशित

कार्तिक १९, दाङ ।
प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन निर्धारित समयमै सम्पन्न हुने बताउनुभएको छ । काँग्रेस भक्तपुर जिल्ला कार्यसमितिद्वारा आज आयोजित दिपावली, नेपाल संवत र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा देउवाले महाधिवेशन हुँदैन भन्नेहरूका कुरा नपत्याउन आग्रह गर्नुभयो ।

अधिवेशन समयमा नै हुने सभापति देउवाको भनाइ छ । उहाँले अब महाधिवेशन पार्टी सभापतिको हातमा नरहेको बताउदै निर्वाचन समितिको हातमा रहेको बताउनुभयो । त्यसकारण महाधिवेशन समयमा नै गर्न निर्वाचन समिति पनि प्रतिवद्ध रहेको बताउनुभयो ।

यसैबीच, प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा. त्रिरत्न मानन्धरले जानकारी दिनुभयो ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको हो । नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरुपमा मनाउने गरिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्