तीन दिन देशभरको मौसम सफा रहने – Kanika Khabar
Friday, March 29Nepali News Portal

तीन दिन देशभरको मौसम सफा रहने

    मा प्रकाशित

कार्तिक २१, दाङ ।
अबको तीन दिन देशभरको मौसम सामान्यतया सफा रहने मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएकाले तीन दिन देशभरको मौसम सामान्यतया सफा रहने देखिएको हो ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आङ्शिकदेखि सामान्य बदली भएपनि अरु प्रदेशमा भने घाम लाग्दै बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभावले प्रदेश १ र गण्डकी प्रदेशका एकदुई स्थानमा फाट्टफुट्ट वर्षा र हिमपातको सम्भावना रहेको उहाँको भनाइ छ ।

राति आकास खुल्दा न्यूनतम तापक्रम घटेर बिहान चिसो बढ्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरै स्थानमा न्यूनतम तापक्रम १० डिग्री सेल्सियसभन्दा कममा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम भने माइनस १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्