सल्यान बस दुर्घटना अपडेट : मृतककाे सङ्ख्या १२ पुग्याे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सल्यान बस दुर्घटना अपडेट : मृतककाे सङ्ख्या १२ पुग्याे

    मा प्रकाशित

सल्यान, २१ कात्तिक । सल्यानमा बस दुर्घटना हुदा मृत्यु हुनेको संख्या १२ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । प्रहरीका अनुसार घटनास्थलमै ६ जना र अन्य ६ जनाको जिल्लाका विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । मृतक मध्ये २ बालबालिका सहित अधिकांश महिला रहेका छन् । घटनामा परी २८ जना घाइते भएको र उनीहरुलाई उपचारका लागि जिल्ला तथा जिल्ला बाहिर रिफर गरिएको प्रहरीले बताएको छ । घटनास्थलबाट मृतकका शव तथा घाईतेहरुको उद्धार भईसकेको प्रहरीले बताएको छ ।

घाईते मध्ये केहिको अवस्था गम्भीर भएकाले मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाई छ ।सल्यानको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार दिउँसो दुर्घटना भएको हो । दुर्घटना तिव्रगतिका कारण भएको हुनसक्ने प्रहरीले अनुमान गरेको बताईएको छ । बस चालक भने फरार रहेका छन् । बसमा ४० जना सवार रहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्