सल्यान दुर्घटना अपडेट : मृत्तक १२ जना मध्ये १० जनाकाे सनाखत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सल्यान दुर्घटना अपडेट : मृत्तक १२ जना मध्ये १० जनाकाे सनाखत

    मा प्रकाशित

सल्यान, २१ कात्तिक । सल्यानमा भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जना मध्ये दश जनाको अहिले सम्म सनाखत भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले जानकारी दिनुभयो । उहाका अनुसार मृत्यु हुनेमा दाङको शान्तिनगर ८ बस्ने ३५ वर्षीया सावित्रा केसी, सोहि वडाका ५ वर्षीय सुरज वली,बबई ४ की ६० वर्षीया डुली रेउले, वडा नम्वर ६ पञ्कुलेकी ७० वर्षीया कलाबती बुढाथोकी, घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी ६५ वर्षीया इन्द्रा अधिकारी, सल्यानको शारदा नगरपालिका वडा नम्बर २ की ६१ वर्षीया मीना डाँगी, शारदा ३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका वडा नम्बर १ काभ्राकी २४ वर्षीया मीना शाही , छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वली र शारदा नगरपालिका वडा नम्बर १२ घर घई हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ बस्ने ५३ वर्षीया प्रभा चलाउने रहेका उहाले जानकारी दिनु भएको छ ।

अन्य दुई जना मृतकको सनाखत हुन बाँकी रहेको छ । ६ जनाको घटनास्थलमै र अन्य छ जनाको विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तैगरी दुर्घटनामा परी घाईते भएका २८ जनाको विवरण खुल्न बाँकी रहेको उहाले जानकारी दिनुभयो । घाईते मध्ये पाँच जनालाई हेलिकप्टर मार्फत कोहलपुर लगीएको छ । अन्य थप दुई जनालाई पनि कोहलपुर हेलिकप्टर मार्फत पठाउने तयारी भएको उहाले जानकारी दिनुभयो ।

यस्तै केही घाइतेलाई हेलिकोप्टर मार्फत काठमाडौं लगीएको पनि उहाले जानकारी दिनुभयो ।अन्य घाईतेहरुको जिल्ला र दाङको तुलसीपुरमा उपचार भईरहेको उहाले जानकारी दिनुभयो । सल्यानको जैतेपानीबाट दाङको तुलसीपुरका लागि छुटेको रा१ख २५५२ नम्बरको यात्रुबाहक बस कपुरकोट गाउँपालिका ५ खारखोला नजिकै आइतबार साढे १२ बजेतिर दुर्घटना भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्