प्रधानन्यायाधीश विरुद्ध बारको आन्दोलन कायमै, थप रणनिति बनाउन छलफलमा – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानन्यायाधीश विरुद्ध बारको आन्दोलन कायमै, थप रणनिति बनाउन छलफलमा

    मा प्रकाशित

कार्तिक २१, दाङ ।
नेपाल बार एसोसियसनले प्रधानन्यायाधिस बिरुद्ध थप आन्दोलनको रणनिति तयार पार्ने भएको छ । प्रधानन्यायाधिस चोलेन्द्र शमसेर जवराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका बारका पदाधिकारी तथा सदस्यहरुले देशैभरका आफ्ना ९० ओटा इकाइसंग छलफल थालेको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै २ सातायता आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तयार गर्न इकाई बारसँग छलफल थालेको हो । गत बुधबारसम्म सर्वोच्च अदालत परिसरमै धर्ना दिएका बारका सदस्यहरुले आन्दोलनलाई कसरी अगाडि लैजाने भन्दै देशैभरका इकाई बारसँग छलफल थालेका हुन् ।

बिहानै देखि जारी छलफलमा इकाइ बारका सदस्यहरुले ऐकेवद्धता जनाएका छन् । कतिपयले भने आवश्यक पर्दा उच्च र जिल्ला अदालतमा समेत बहस बहिष्कार गर्नेसम्मका सुझाव दिएका छन् ।

बारले भोली बिहान सर्वोच्च अदालत परिसरमा हातमा कालोपट्टी बाँधेर धर्ना दिने कार्यक्रम यथावत रहेको जनाएको छ । तर केही अधिवत्ताले भने यसरी इजलास बहिस्कार गर्नुले न्यायमा नागरिकको पहुँच झन् टाढा हुन पुगेको र यसबाट नागरिकलाइ अन्याय भएको भन्दै आनद्योलनको बिरोध पनि गरिरहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्