नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको सङ्क्रमण बढ्दै – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको सङ्क्रमण बढ्दै

    मा प्रकाशित

भारतको राजधानी नयाँ दिल्ली र उत्तर प्रदेशमा जिका भाइरसको सङ्क्रमण बढ्दै गएको छ । जिका भाइरसको सङ्क्रमण बढेपछि त्यहा सतर्कता अपनाइएको अधिकारीहरूलाइ उधृत गर्दै भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले केही समयअघिदेखि जिका भाइरसका किटाणुहरु बढ्दो अवस्थामा देखिएको बताएका छन् ।

 

उनीहरुका अनुसार हिजो मात्र उत्तर प्रदेशमा ४३ जनामा यो भाइरस देखिएको थियो । उत्तर प्रदेश राज्यमा पछिल्लो समयमा यो भाइरसको प्रकोप देखिएको बताइएको छ । उत्तर प्रदेश राज्यका सरकारी स्वास्थ्य अधिकारीहरुले गएको दुई हप्तामा ७९ जनामा यो भाइरस देखिएको जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्