प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीको चेतावनी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

प्रधानन्यायाधीशको राजीनामा नआउँदासम्म आन्दोलन जारी राख्ने कानुन व्यवसायीको चेतावनी

    मा प्रकाशित

कार्तिक २२, काठमाडौं ।                                   प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलन जारी राखेका कानुन व्यवसायीले राजीनामा नआउँदासम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत परिसरमा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरुको आन्दोलनको सामना गर्न तयार हुनुपर्ने बताएका छन् । बारले आईतवार गरेको छलफलमा देशभरका अदालतमा पनि प्रभाव पर्ने गरि आन्दोलन गर्नुपर्ने धारणा पनि आएको थियो ।

प्रधानन्यायाधिस जवराको राजीनामा माग गर्दै न्यायाधिस तथा कानुन व्यवसायीहरुले आन्दोलन गरिरहेका छन् । जसका कारण इजलास प्रभावित भइरहेको छ । यसैबीच, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै संघर्षरत सर्वोच्च अदालतका न्यायाधीशहरूमध्य तीनजना न्यायाधीशहरू सोमवारबाट इजलासमा फर्किएका छन् । उनीहरूले बन्दी प्रत्यक्षीकरणको रिट सुनवाइ गरेका छन् । प्रधानन्यायाधिस जबराले आफ्नो लागि इजलास तोकेपछि असन्तुष्ट न्यायाधीशहरूले बन्दीको रिटमा समेत सुनुवाइ नगर्ने बताएका थिए ।

तर, न्यायाधीशहरू कुमार चुडाल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी इजलास फर्किएर मुद्दा सुनुवाइमा सहभागी बनेको सर्वोच्च अदालत स्रोतले बताएको छ । जबराविरुद्ध आन्दोलन गरिरहेका न्यायाधीशलाई मुद्दा सुनुवाइ नछाड्न दवाव परिरहेको छ । प्रधानन्यायधीस जवराले पनि आफू संविधान सम्मत र विधिसम्मत तरिकाले मात्रै बहिर्गमन गर्ने अडान लिँदै आउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्