कार्तिक २८ गतेबाट बालबालिकालाई काेराेनाविरूद्धकाे खाेप – Kanika Khabar
Thursday, April 25Nepali News Portal

कार्तिक २८ गतेबाट बालबालिकालाई काेराेनाविरूद्धकाे खाेप

    मा प्रकाशित

कार्तिक २५, दाङ ।         सरकारले  बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप कार्तिक २८ गतेदेखि लगाउने भएको छ ।                            २८ गतेबाट सुरू गरिने खोप कार्यक्रममा १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगी बालबालिकालाई प्राथमिकतामा राखिएको छ । फाइजर खोपको पहिले मात्रा कार्तिक २८ देखि मङ्सिर ४ गते सम्म लगाइने छ भने दोस्रो मात्रा मङ्सिर २७ देखि पुस २ गतेसम्म लगाईने छ ।                    कोभ्याक्स सुविधा मार्फत अमेरिकाले १ लाख मात्रा खोप उपलब्ध गराएको फाइजर खोप दीर्घरोगी बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । खोप, काठमाडौँ उपत्यकाभित्रका ८ र बाहिरका १६ गरी २४ वटा खोप केन्द्रमा लगाइने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्