पेट्रोलियम पदार्थमा मुल्य वृद्धिकाे बिराेध : विप्लव नेतृत्वको कार्तिक ३० गते नेपाल बन्द – Kanika Khabar
Saturday, December 10Nepali News Portal

पेट्रोलियम पदार्थमा मुल्य वृद्धिकाे बिराेध : विप्लव नेतृत्वको कार्तिक ३० गते नेपाल बन्द

    मा प्रकाशित

कार्तिक २५, दाङ । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेकाे भन्दै     नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले  नेपाल बन्दकाे घाेषणा गरेकाे छ ।

पार्टीका महासचिव विप्लवले बिहिवार एक वक्तव्य जारी गर्दै सरकारले पेट्राेलियम पदार्थकाे मुल्य बढाएकाेमा बिराेध गर्दै संघर्षका कार्यक्रमकाे घाेषणा गरेका हुन् ।

कार्तिक २५ गतेदेखि कार्तिक ३० गतेसम्म संघर्षका कार्यक्रम रहेकाे वक्तव्यमा उल्लेख गरिएकाे छ ।

कार्तिक २५ गते दिउँसाे ३ बजे देशव्यापी विराेध प्रदर्शन, कार्तिक २६ गते साँझ मसाल जुलुस, कार्तिक २७ गते दिउँसाे १ बजेदेखि २ बजेसम्म देशव्यापी प्रदर्शन, कार्तिक २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, कार्तिक २९ गते सिट्टी जुलुस र कार्तिक ३० गते नेपाल बन्दकाे घाेषणा गरिएकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्