उपचार गर्न आर्थिक अभाव भएपछि अस्पतालबाट घर फिर्ता – Kanika Khabar
Thursday, April 25Nepali News Portal

उपचार गर्न आर्थिक अभाव भएपछि अस्पतालबाट घर फिर्ता

    मा प्रकाशित

शिवु खनाल
देउखुरी, २५ कात्तिक।
तीन महिना अगाडी आधा शरिरमा प्रेसरले हानेर प्यारेलाइसिसको बिरामी हुनुभएका लमही नगरपालिका वडा नम्बर ९ हात्तिखाल निवासी निवासी ५४ वर्षिय सोमबहादुर घर्ती मगरको आर्थिक अभाबले उपचारमा समस्या भएको छ । स्थानीय रुपमा उपचार गर्दा र जिल्लामा ल्याएर उपचार गर्दा सन्चो नभएपछि आर्थिक अभाबले जिल्ला बाहिर लिए पनि उपचार गर्न समस्या भएको हो । घरको आर्थिक अबस्था कमजोर भएपछि अभाबले जिल्ला बाहिर लिए पनि उपचार गर्न समस्या भएको श्रीमती भिमा घर्तीले बताउनुभयो ।
तीन महिना अगाडी एक्कासी प्रेसरले हानेर बिरामी हुन पुगेका घर्तीलाई सुरुमा घरेलु उपचार गरिएको र सन्चो नभएपछि जिल्ला अस्पतालमा भर्ना गरि उपचार गर्दा पनि सन्चो नभएपछि आर्थिक अभावकै कारण उनको थप उपचार गर्न नेपालगन्ज कौशल्या मेमोरियल अस्पतालमा लगिए पनि आर्थिक अभावले समस्या भएको श्रीमती घर्तीले बताउनुभयो ।
जिल्ला बाहिर गए बिरामीको उपचार गर्न सकिने चिकित्सकले सुझाव अनुसार आफूसँग भएको जग्गा बिक्री गरेर जिल्ला बाहिर लगे पनि रकम सकिएपछि उपचारमा समस्या भएको छ, घर्तीले भन्नुभयो,—। ‘उपचारको लागि सहकारी संस्थाबाट दुईलाख, छिमेकिबाट एकलाख, घरका गरगहना ८० हजार र छोरी ५० हजार ऋण काडेको सबै सकियो । छोरालाई रोजगारको लागि विदेश पठाउन भनी निकालेको ऋण समेत मासियो । अहिले आर्थिक अभाव भएको छ ।’
आर्थिक अभाबकै कारण बिरामी श्रीमान्लाई अस्पतालमा भर्ना नगरेर एउटा कोठामा राखिएको श्रीमती घर्तीले भन्नुभयो । आर्थिक सहयोग प्राप्त भए श्रीमान्लाई बचाउने चाहना धेरै भएपनि त्यो सपना पूरा गर्न कठिन भएको श्रीमतीले गुनासो गर्नुभयो । उहाँका अनुसार अहिले बिरामी घर्ती ओछ्यानमै पल्टिएको अबस्था रहेका छन् । घर्ती अहिले अलपत्र अवस्थामा छन् । प्रेसरले हानेर शरिरको आधा भागको कुनै अंग चल्दैन ।
उहाँले आफूलाई आर्थिक सहयोग गरेर उपचारबाट श्रीमान्लाई बचाई दिन आग्रह गर्नुभएको छ । घर्ती सवारी चालक हुनुहुन्छ । घर्तीले वर्षौ देखि ड्राइभर काम गर्दै आउनु भएको थियो । गाउँकै सबैभन्दा पुरानो सवारी चालक हुनुहुन्छ, स्थानीय दिनेश केसीले भन्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्