एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै : यस्ता छन् एजेन्डा – Kanika Khabar
Friday, March 29Nepali News Portal

एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदै : यस्ता छन् एजेन्डा

    मा प्रकाशित

कार्तिक २७, दाङ ।
नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदै छ।दुई दिनसम्म चल्ने बैठक ललितपुरको सानेपास्थित एक ब्याङ्क्वेटमा बिहान सुरु हुनेछ ।

हिजोको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा हुने छलफलका एजेण्डा तय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

पार्टीको साङ्गठनिक संरचना लगायतका विभिन्न विषयमा छलफल गर्न केन्द्रीय कमिटीको पूर्ण बैठक बस्न लागेको उहाँको भनाइ छ । केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, लेखा र निर्वाचन आयोगका सदस्यहरूको शपथ गराउने कार्यसूची पनि तय भएको छ ।

बैठकमा अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गर्नुहुने नेता खतिवडाले बताउनुभयो ।

 

उपमहासचिव गंगालाल तुलाधरका अनुसार आज केन्द्रीय अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगका पदाधिकारीलाई शपथ गराइनेछ भने संघीय सरकारका क्रियाकलापका बारेमा पार्टीबाट मन्त्री बनेकासँग जानकारी लिइने छ ।

त्यस्तै, प्रदेश १ र बागमतीका मुख्यमन्त्रीबाट आगामी कार्ययोजना पेस हुनेछ । आइतबार केन्द्रीय सचिवालय र कार्यालयबाट भएका कामको अनुमोदन हुनेछ । बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्षले दिने कार्यसूची छ ।

शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको आठौं बैठकले केन्द्रीय कमिटीमा पेस गर्ने एजेन्डा तय गरेको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्