भारतमा निर्मित कोरोनाविरुद्धको खोप सबैभन्दा बढी प्रभावकारी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भारतमा निर्मित कोरोनाविरुद्धको खोप सबैभन्दा बढी प्रभावकारी

    मा प्रकाशित

एजेन्सी ।
भारतमा निर्मित कोरोनाविरुद्धको खोप सबैभन्दा बढी प्रभावकारी भएको एक अध्ययनले देखाएको छ। मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनले कोरोनाविरुद्ध भारतमा निर्मित कोभ्याक्सिन खोप सबैभन्दा बढी प्रभावकारी भएको देखाएको हो।

 

फाइजर, मोडर्ना, जोन्सन एण्ड जोन्सन, सिनोफाम लगायत अन्य खोपको तुलनामा कोभ्याक्स एक महिनाको अन्तरालमै ७८ प्रतिशत प्रभावकारी देखिएको विश्व स्वास्थ्य सङ्गठनडब्लूएचओले बताएको छ।डब्लूएचओले कोभ्याक्सलाई गत हप्ता आपत्कालिन अनुमतिसमेत दिएको थियो। सो खोप स्वास्थ्य निकायका व्यक्तिहरुलाई लगाइएको थियो। करिब १७ वटा मुलुकमा प्रयोग अनुमति पाइसकेको र हालसम्म आठौँ चरणसम्म दिइएको सो खोप निकै प्रभावकारी भएको अध्ययनले देखाएको हो ।

 

विशेषगरी कोभिड–१९ लक्षण देखिएका वयस्क मानिसमा कोभ्याक्स खोप लगाउँदा अत्यधिक प्रभावकारी देखिएको छ ल्यान्सेन्टको अध्ययनमा भनिएको छ।सो खोपलाई डब्लूएचओले कम र मध्यम आयश्रोत भएका मुलुकहरुको लागि सबैभन्दा बढी उपयोगी रहेको बताएको छ। कोभ्याक्सिन भारत बायोटेक, भारतीय चिकित्सा अध्ययन परिषद् र राष्ट्रिय भाइरोलोजी संस्थानको संयुक्त सहयकार्यमा बनेको हो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्