समाजवादी प्रेस संगठन नेपालको संस्थापक केन्द्रीय सदस्यमा कनिकाकर्मी खनाल चयन – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

समाजवादी प्रेस संगठन नेपालको संस्थापक केन्द्रीय सदस्यमा कनिकाकर्मी खनाल चयन

    मा प्रकाशित

दाङ, २७ कार्तिक
नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको संस्थापक केन्द्रीय सदस्यमा कनिका खबरका प्रमुख संवाददाता  शिवु खनाल चयन भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको अध्यक्षतामा पदाधिकारीसहित २१५ सदस्यीय केन्द्रीय सदस्य घोषणा भएको छ । जसअन्तरगत संगठनकाे संस्थापक केन्द्रीय सदस्यमा खनाल चयन भएका हुन् ।

खनाल दाङको कनिका खबर डटकमअनलाइनका देउखुरी समाचादाता हुन् । साथै खनाल दाङका विभिन्न पत्र-पत्रिका एवम् अनलाइनमा कार्यरत छन् । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालको काठमाडौ बानेश्वरमा आयाेजित राष्ट्रिय भेलाबाट संस्थापक पदाधिकारी घोषणा गरेकाे छ ।

शम्भु श्रेष्ठको अध्यक्षतामा २० पदाधिकारी रहेको केन्द्रीय कमिटी घोषणा गरिएको छ । महासचिव भुपराज खड्का र कोषाध्यक्ष कृष्णराज गौतम चयन भएका छन् । समितिमा १२ उपाध्यक्ष, दुई उपमहासचिव र चार सचिव छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्