नेपालको राष्ट्रिय महिला क्रिकेट टिम आज कतार जाँदै – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपालको राष्ट्रिय महिला क्रिकेट टिम आज कतार जाँदै

    मा प्रकाशित

कार्तिक २८, दाङ ।
नेपालको राष्ट्रिय महिला क्रिकेट टिम आज कतार जान लागेको छ । कतारसँग टी ट्वान्टी सिरिज खेल्ने भएपछि नेपाली टोली त्यसतर्फ जान लागेको हो ।                                                        विश्वकपको एसिया छनोटको तयारीमा रहेको नेपालले कतारसँग तीन म्याचको टी ट्वान्टी सिरिज खेल्ने पक्का भएको हो ।कतारसँग सिरिज खेल्नका लागि नेपाली टिम आज बिहान ९ बजेर १० मिनेटमा कतारका लागि प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट सङ्घले जनाएको छ ।कतारमा नेपालले त्रिकोणात्मक सिरिज खेल्ने समेत क्यानले जनाएको छ । नेपाली टिमले भर्खरै बङ्गलादेशमा तयारी सकेर स्वदेश फर्किएको थियो ।                                    बङ्गलादेशमा रहँदा नेपाली टिमले बङ्गलादेशको स्थानीय टिमसँग त्रिकोणात्मक सिरिज खेलेको थियो ।नेपाली टिमले सो सिरिज जितेको थियो ।क्यानले विश्वकपको एसिया छनोटका लागि नेपाली टिम नोभेम्बर १९ मा दुबई प्रस्थान गर्ने जनाएको छ । नेपाली टिम १४ सदस्यीय रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्