सर्वोच्च अदालत : विवादै विवादमा – Kanika Khabar
Friday, March 29Nepali News Portal

सर्वोच्च अदालत : विवादै विवादमा

    मा प्रकाशित

कार्तिक २८, दाङ ।
न्यायपालिका शुद्धीकरणका लागि भन्दै प्रधानन्यायाधिस र न्यायाधिस तथा अधिवक्ताहरु बीचमा देखिएको विवाद अझै समाधान हुन सकेको छैन ।
२० दिनभन्दा बढी समयदेखि जारी आन्दोलनका कारण सर्वोच्च अदालतको इजलास प्रभावित भइरहेको छ । न्यायाधीश तथा नेपाल बार एसोसियसनका पदाधिकारीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको राजीनामा माग गरेका छन् । तर प्रधानन्यायाधीशले राजीनामा नदिएका कारण आन्दोलन निरन्तर रुपमा चल्दा न्यायालयको काम प्रभावित भइरहेको छ । यसैबीच, न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका छन् ।

 

बेञ्च बहिष्कार सहितका कार्यक्रम ल्याएर प्रधानन्यायाधीशको राजीनामा मागिरहेका न्यायाधीशहरूले श्वेतपत्र जारी गर्ने तयारी गरेका हुन् । जनताको मुद्दा नै नहेरेर प्रधानन्यायाधिसको राजीनामा मागमा लागेको भन्दै न्यायाधिस तथा अधिवक्ताहरुमा माथि प्रश्न उठ्न थालेपछि यसबारेमा प्रष्ट पार्नको लागि श्वत पत्र नै जारी गर्न लागेको उनीहरुले बताएका छन् । न्यायाधीशहरूले निरन्तर बेञ्च बहिष्कार गरिरहँदा जनतामाझ सही सूचना प्रवाह हुन नसकेको भन्दै श्वेतपत्र जारी गर्ने तयारी गरिएको हो ।

 

आज पनि असन्तुष्ट न्यायाधीशहरुले आन्तरिक छलफलमा गरेका छन् । आज बन्दी प्रत्यक्षीकरणका केही रिटमाथि सुनुवाई भए पनि अन्य मुद्दाहरु हेर्न नभ्याइने सूचीमा राखिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्