विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई – Kanika Khabar
Thursday, April 25Nepali News Portal

विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियालाई

    मा प्रकाशित

अष्ट्रेलियाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ ।दुबईमा गएराति भएको फाइनलमा न्युजिल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

 

अष्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी टी–ट्वान्टी विश्वकपको उपाधि जितेको हो । न्युजिल्याण्डले दिएको १ सय ७३ रनको लक्ष्य अष्ट्रेलियाले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

 

अष्ट्रेलियालाई जित दिलाउन मिचेल मार्श र डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्नुभएको थियो । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्