पोर्चुगललाई हराउदै सर्बिया विश्वकप फुटबलमा छनोट – Kanika Khabar
Saturday, April 20Nepali News Portal

पोर्चुगललाई हराउदै सर्बिया विश्वकप फुटबलमा छनोट

    मा प्रकाशित

सर्बियासन् २०२२ मा कतारमा हुने विश्वकप खेलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सर्बियाले पोर्चुगललाई उसैको घरेलु मैदानमा २–१ गोलले पराजित गरेपछी सर्बिया विश्वकपमा छनोट भएको हो ।

 

पोर्चुगललाई विश्वकपमा छनोट हुनका लागि खेलमा मात्र बराबरी गरे पुग्ने थियो । तर खेलको दोस्रो मिनेटमा नै रेनाटो सान्चेजले पोर्चुगललाई अग्रता पनि दिलाए तर डुसान टाडिचले पहिलो हाफको अन्त्यतिर खेल बराबरी गरेका थिए ।

 

जीतसँगै समूह ए मा २० अङ्कसहित सर्बिया शीर्ष स्थानमा रह्यो । अब अर्को वर्ष हुने विश्वकपमा स्थान बनाउनका लागि पोर्चुगलले मार्चमा प्लेअफ खेलहरु खेल्नुपर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्