मुस्ताङ हिमपहिरोमा परेका चौँरीको तथ्याङ्क सङ्कलन सुरु – Kanika Khabar
Tuesday, November 29Nepali News Portal

मुस्ताङ हिमपहिरोमा परेका चौँरीको तथ्याङ्क सङ्कलन सुरु

    मा प्रकाशित

कार्तिक २९, मुस्ताङ ।
मुस्ताङ हिमपहिरोमा परेका चौँरीको तथ्याङ्क सङ्कलन सुरु भएको छ । हिमपहिरो खसेको क्षेत्र नजिकै चौँरीको चरन क्षेत्र भएकाले स्थानीयवासी र सुरक्षाकर्मी तथ्याङ्क सङ्कलनमा लागेका हुन् ।

 

चरनमा गएका कति चाँैरी हिमपहिरोमा परे यकिन तथ्याङ्क भोलिसम्म सार्वजनिक हुने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले सीआएनलाई जानकारि दिनुभयो ।

 

हिजो दिउँसो हिमपहिरो आएपछि भाग्ने क्रममा मुस्ताङको थासाङ गाउँपालिकामा रहेको जनआदर्श अमरसिंह माध्यमिक विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थी गरि ११ जना घाइते भएका थिए । हिमपहिरोको जोखिम कायमै रहेकाले सतर्क रहन न्याउरिकोटका स्थानीयवासीलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्